३८ लाख नगदसहित एक जना पक्राउ

२०८१ असार २७, बिहीबार १३:५६

काठमाडौं,२७ असार । काठमाडौंबाट ३८ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। हिजो बुधबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २२ सुन्धाराबाट श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।

उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?