राजन दास
नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान ! देशलाई जोगाउन युवाले गर्दै सिर्जनात्मक काम !! अलमस्त युवा हामी अब उठ्नुपर्छ सबै एक जुट भई ! देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक दिक्क रहि !!
प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी ! बनौँ कर्मठ , क्रान्तिकारी , इमानदार र ज्ञानी !! युवाहरू नजागे मातृभूमि सङ्कटमा पर्दैछ ! नेताहरू मिलिजुली देश बेच्ने विचार गर्दैछ !!
समाजका युवाहरू रक्सी चुरोटमा हराए ! आमाबाबा नखाऊ बाबु भन्दै दिनरात कराए !! आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौँ ! उल्लेखनीय काम गरि जनजनको दिलमा बस्नेछौँ !!
विदेश पलायन भए युवाहरू कति कति ! युवा नै हुन राष्ट्रियका अमूल्य सम्पत्ति !! युवा मल्हमपट्टि गर देशको घाउ निको पार्न ! बुढापाका घरमा बसे अगाडि बढ देशलाई सपार्न !!
अब जागौँ युवा शक्ति देशको निर्माणमा ! देश डुब्न लाग्यो अगाडि बढ अभियानमा !! युवा देशका लागि विद्रोही बनी अगाडि सर्छन् ! तर हन्टर खाई धुरु – धुरु रोई खाडीमा पर्छन् !!
युवा भविष्यको खोजी खाडीमा न गर ! आफ्नै देशमा पुरुषार्थ गरि देश कल्याणको काम गर !! जुटौँ सबै युवा हामी काधँमा काँध मिलाएर ! देश विकास गर्न वीर बनी भरोसा दिलाएर !!






