बारा,०१ श्रावण । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस बाराको परवानीपुरमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेहरूको उपचार वीरगञ्जस्थित वयोधा अस्पतालमा भइरहेको छ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी दधिराम न्यौपानेका अनुसार ना ७ ख ६०७६ नम्बरको बस चितवनबाट वीरगञ्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
उनले बस चालकले बताए अनुसार अनियन्त्रित भएर गाडी दुर्घटना भएको बताए।
बसमा २२ जना यात्रु सवार रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको भन्दै घटना पछि चालक र सह चालकलाई नियन्त्रणमा लिइएको पनि उनले बताए।






