नेसनल एकेडमी कलेज

Sharda University

सर्पले डसेर १४ वर्षीय बालकको मृत्यु

२०८१ श्रावण २, बुधबार १६:२३

चितवन,२ साउन । नवलपुरको मध्यविन्दुमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं ६ भडारा बस्ने टोल कुमारी महतोका १४ वर्षका छोरा आर्यन महतोको सर्पको डसाइबाट मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरमा सर्पले टोकाईबाट गम्भिर घाइते भएका बालकलाई थप उपचारका लागि भरतपुर तर्फ ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?