तोलामा २४०० रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८१ श्रावण १०, बिहीबार १४:०२

काठमाडौं,१० साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रूपैयाँ निर्धारण भएको छ ।

यस्तै बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० रूपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?