राष्ट्र बैंकले आज मौद्रिक नीति आज सार्वजनिक गर्दै

२०८१ श्रावण ११, शुक्रबार ०७:५१

काठमाडौं,११ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहान बैठक बस्ने बताइएको छ ।

यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैँकको गभर्नरसमेत रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्वजनिक गर्न बाट रोकिएको थियो ।

यस अघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?