युवकसँग गेष्ट हाउस गएकी युवतीको मृत्यु

२०८१ श्रावण ११, शुक्रबार १०:५०

काठमाडौं,११ साउन । ललितपुरको ग्वार्कोस्थित सनलाइट गेष्टहाउसमा एकजना युवतीको मृत्यु भएको छ । गएराति ११ बजे गेष्टहाउसमा आएकी युवती बिहानीपख बेहोस भएकी थिइन् ।  बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ती युवतीलाई  गोदावरी नगरपालिका ८ डुकुछाप घर भै हाल सातदोबाटो ललितपुरमा बस्दै आएका २६ वर्षका सन्दिप बि.क ले आफ्नो साथमा लिएर आएका थिए । प्रहरीका अनुसार युवतीसँगै  रहेका युवकले पनि सास फेर्न कठिनाइ भएको भनी बताएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?