कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु

२०८१ श्रावण ११, शुक्रबार १०:५३

काठमाडौं,११ साउन। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

भारतीय ट्रकका सहयोगी गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । अहमदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?