नारायणी नदीमा हाम फालेर ५१ बर्षीय पुरुष बेपत्ता

२०८१ श्रावण १२, शनिबार १८:१५

काठमाडौं,१२ साउन। नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १८ मिलनचोक घर भएका ५१ बर्षका प्रेम बहादुर थापा मगर नदीमा हाम फालेर बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर १७ मदन भण्डारी पार्क नजिकैबाट उनि मध्यान्न १२ वजे नदीमा हाम फालेर बेपत्ता भएका हुन् । बेपत्ता भएका प्रेम बहादुरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?