गैँडाकोट,१४ साउन । चितवन र तनहुँ जोड्ने मुग्लिनको पुरानो पुरानो पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज अपरान्ह ५ वजे नदीमाथीको पुलबाट हाम फालेर अन्दाजी २० वर्षका एक युवक बेपत्ता भएका हुन् ।
नदीमा हामफालेका उनलाई उर्लदो त्रिशुलीले केहि तलसम्म लगेको भिडियो सामाजिक सञ्जाल मार्फत देखिएको छ । यो खबर तयार पार्दासम्म उनको परिचय खुल्न सकेको छैन ।






