नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (शुक्रबार) सुनको मूल्य बिहीबारको मूल्य भन्दा ६०० रुपैयाँले घटेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहँदा बिहीबार रु ९३ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहेकामा बुधबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी पनि स्थिर रहँदै बिहीबारको मूल्य अनुसार नै कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






