राष्ट्रिय किशोर सञ्जाल नेपालको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

२०८१ श्रावण १४, सोमबार २२:२७

जनकपुरधाम,१४ साउन । राष्ट्रिय किशोर सञ्जाल नेपालको तेस्रो वार्षिकोत्सव समारोह -२०८१ सम्पन्न भएको छ।

लैङ्गिक हिंसा अन्त्य गर्न र लैंगिक समानता कायम राख्न पुरुष सहभागिता जरुरी छ भन्ने उद्देश्यले २०७८ श्रावण १४ गते स्थापना भएको सञ्जालले लैङ्गिक हिंसा अन्त्य,लैङ्गिक समानता,बाल अधिकार, किशोरका सवाल र किशोरी संग सहकार्य गर्ने कार्यलाई प्राथमिकता दिइएको सञ्जालका उपाध्यक्ष राहुल महतोले जानकारी दिएका छन ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ,बिशिष्ट अतिथिहरु वरिष्ठ बाल अधिकार अभियन्ता तथा मानव  अधिकारकर्मी, सिविन नेपालका संस्थापक अध्यक्ष तथा बालबालिका राष्ट्रिय गौरव हुन् का प्रणेता गौरी प्रधान,सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधर,सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराई, एट्विनका कार्यकारी निर्देशक विनु माया गुरुङ ज्यु, अतिथिहरु बालिका दुलही होइनन् नेपालकी राष्ट्रिय संयोजक निरीजना भट्ट,NACG का अध्यक्ष किरण थापा , सिविन नेपालका बिमला तिवारी,कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जन, मर्यादित महिनावारी अभियान्ता समीर परियार, राधा पौडेल फाउन्डेसनका प्रतिनिधि ज्यु लगायत  विभिन्न नागरिक समाजका प्रतिनिधि,राष्ट्रिय किशोर सञ्जाल नेपालका केन्द्रीय सदस्यहरु, सातै प्रदेशका प्रदेश सञ्जालका किशोरहरु, राष्ट्रिय किशोरी सञ्जालका पूर्व पदाधिकारी,वर्तमान कार्यसमिति सदस्यहरु,प्रदेश सञ्जालका किशोरीहरु,विभिन्न बाल क्लब/ सञ्जालका बालबालिका साथीहरुहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष  राहुल महतोले सञ्जाल को दोस्रो कार्यकाल गठन पश्चात  सञ्जालले हासिल गरेका प्रगति विवरण बारे जानकारी गराएका थिए।अतिथिहरुले सञ्जालको तेस्रो वार्षिकोत्सवको अवसरमा बधाई सँगै थप उचाइमा पुग्न भनी शुभकामना दिएका छन्। किशोर सञ्जाल गरेको काम प्रति आफू एक कुशल अभिभावक भएर साथ सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन्।

वार्षिकोत्सव समारोहलाई समापन गर्दै सञ्जालका अध्यक्ष घनश्याम विश्वकर्माले सञ्जाललाई सधैं साथ सहयोग सल्लाह सुझाब तथा मार्गदर्शन प्रधान गर्ने सम्पूर्ण प्रति आभारी रहेको बताए। सञ्जाल ले गर्नु पर्ने केही कार्यक्रम रहेकाले अलि ढिलो भए पनि अबको केही दिनमै सञ्जालले नयाँ नेतृत्व पाउने समेत जानकारी गराए।

वार्षिकोत्सव समारोहलाई समापन गर्दै सञ्जालका अध्यक्ष घमश्याम विश्वकर्माले सञ्जाललाई सधैं साथ सहयोग सल्लाह सुझाब तथा मार्गदर्शन प्रधान गर्ने सम्पूर्ण प्रति आभारी रहेको बताए। सञ्जाल ले गर्नु पर्ने केही कार्यक्रम रहेकाले अलि ढिलो भए पनि अबको दिनमा सञ्जालले नयाँ जोश र जागरका साथ अगाडि बढ्ने जानकारी गराए।

अध्यक्ष घमश्याम विश्वकर्माको अध्यक्षतामा सुरु भएको समारोह सञ्जाल सचीव सुदिप पौडेलले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?