![](https://newsaone.com/wp-content/uploads/2024/07/ramesh-lekhak.jpg)
१५ साउन, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन अपराधको अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त नहुने भन्दै ३ महिनाको समय तोक्ने गरी कानुन संशोधन गरिने बताएका छन् ।
मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । ७५३ पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको उनको भनाइ छ । मानव तस्करी गर्नका लागि दलाल गाउँगाउँमा पुगेको जानकारी आउने गरेको उनले बताए ।
रमेश लेखक भनाई अनुसार मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भएकाले नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखन विरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ ।