नेसनल एकेडमी कलेज

Shardha University

स्ववियु निर्वाचनका उम्मेदवारसंग खुल्ला सडक बहस, एक जना मात्र प्यनलिस्ट !

२०८१ श्रावण १५, मंगलवार २२:०६

जनकपुरधाम,१५ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । निर्वाचनलाई लक्षित गरि प्रदेश युवा संजाल मधेश प्रदेशले स्ववियुका उम्मेदवारहरु संग खुल्ला सडक बहस कार्यक्रम गरेको छ ।

बहसमा राष्ट्रिय दल तथा मधेस केन्द्रित दलका भात्री  संघसंगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । तर खुल्ला सडक बहस कार्यक्रममा संयुक्त विद्यार्थी संगठनका सभापतिका उम्मेदवार श्याम साहले मात्र सहभागी भएका थिए । बाकी संगठनका उम्मेदवारहरु बहसमा आउन मानेन ।

साहले हामी जहिले पनि विद्यार्थीहरुको हकहितका लागि काम गरेका छौं र आउने दिनहरूमा पनि विद्यार्थीको हकहितका लागि काम गरिरहेने छौं । साथै हामीले कहिले पनि विश्वविद्यालयमा ताल्चा नलाग्न दिने प्रतिबद्धता समेत गरेका  छन । विश्वविद्यालयको स्थापनाकाल देखि विभिन्न समयमा भएको संघर्षमा हामीले साथ सहयोग गरेर सुधार ल्याएको बताएका छन ।

स्थापनाको छैठौं वर्षमा  प्रवेश गरिरहेको राजर्षी जनक विश्वविद्यालयमा यसपाली चुनव हुन लागेको हो । चुनावी प्रक्रियामा विद्यार्थीहरु सहभागी हुन पाउदा उत्साहित छन । कार्यक्रमलाई मधेश प्रदेश युवा संजालका अध्यक्ष नाइम राइनले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?