राजर्षि जनक विश्वविद्यालयमा स्ववियु सभापतिमा लोविसंघका यादव निर्वाचित

२०८१ श्रावण १८, शुक्रबार ११:११

जनकपुरधाम,१८ साउन । राजर्षि जनक विश्वविद्यालयमा बिहीवार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघ(लोविसंघ) का प्रवेश यादवले निर्वाचित भएका छन् ।

आएको परिणाम अनुसार सभापति तर्फ लोविसंघका प्रवेश यादवले १२० मत प्राप्त गरेका सभापतिमा पदमा निर्वाचित भएका छन् । उनलाई पछ्याउँदै निकटतम प्रतिद्धन्द्धी सँयुक्त विद्यार्थी प्यानलका श्याम साहले १११ मत प्राप्त गरेका छन् । भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको रविकुमार साहले ९६ मत प्राप्त गरे । त्यस्तै नेविसंघका त्रिलोक यादवले भने ७१ मत प्राप्त गरे र  विद्यार्थी जनमत सँघका शशिकान्त मण्डलले कुल ३८ मत प्राप्त गरेका छन् ।

यस्तै स्वीयूको सचिवमा अनेरास्वीयूका राजु अधिकारी विजयी भएका छन् । उनले ११० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धीमा लोविसंघका सुभाषचन्द्र यादवले १०४ मत प्राप्त गरे । भने कोषाध्यक्षको लागि नेविसंघका महतोले ११९ मत प्राप्त गरेर विजय भएका छन । भने लोविसंघकी बर्षा कुमारी साहले ९६ मत प्राप्त गरी निकटम प्रतिद्धन्द्धी बन्न सफल भईन् ।

यस्तै, सदस्यहरुमा लोविसंघका रामकुमार महासेठ ११५ मत ल्याएर विजयी भए भने अर्का सदस्यमा अनेरास्वीयूका विरेन्द्र यादव, सँयुक्त विद्यार्थी प्यानलकी सृष्टी चौधरी, प्रतिक साह नेपाल लगायतका चुनिएका छन् ।

बिहिवार दलीय प्यानल सहित भएको मतदानमा ४ सय ७५ विद्यार्थी मतदातामध्ये ४ सय ४४ ले मतदान गरेका थिए । कुल विद्यार्थी मतदतामध्ये ९३.४७ प्रतिशत मतदानमा सहभागी जनाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?