काठमाडौं,२६ साउन । काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा फ़ह्राइएको पोलमा चढेर एक महिलाले हाम फाल्ने प्रयास गरेकी छिन् ।
शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी सहारा शाहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
२ वर्षसम्म लिभिङ रिलेशनशिपमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी हुन् । विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।