सर्लाही,२६ साउन । सर्लाहीमा प्रेमिका भेटन गएका एक युवकको शव शंकादस्पद अवस्थामा मृत फेला परेका छन । बरहथवा नगरपालिका-८, टाँडीमा स्थानीय श्यामबाबु साहका १९ बर्षिय छोरा मुन्ना साह घर नजिकै परालको भुस्सा राख्ने खाली घरमा मृत फेला परेका हुन्।
उनि शुक्रबार राती प्रेमिकाले भेटन बोलाएपछी भेटन गएको र प्रेमिकाका बुवा र भाइले घाँटी थिची हत्या गरिएको, स्थानीयहरु बताएका छन् । यता मृत अवस्थामा भेटिएका साहलाई उपचारको लागि बरहथवास्थित हनुमन्ते अस्पतालमा लगिएकामा समान उपचार पछि उनलाइ थप उपचारको लागि बरहथवाकै अर्को अस्पताल नवजीवन अस्पतालमा लगिएपछि त्यहाँ डाक्टरले युवकको अघि नै मृत्यु भईसकेको बताए।
प्रहरीका अनुसार शव परिक्षणका लागि शनिबार बिहानै काठमाडौं पठाई सकिएको छ। घटना शंकादस्पद रहेका कारण प्रहरीले उनकी प्रेमिका भनिने स्थानिय एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ। उनलाई प्रहरीले शनिबार बिहान युवा मृत फेला परेसंगै नियन्त्रणमा लिएको जनाएको छ।