को हुन् ईयू युथ साउन्डिङ बोर्ड नेपालका सदस्य बनेका नाईम।

२०८१ श्रावण २८, सोमबार ०४:५२

जनकपुरधाम,२७ साउन । कलिलो उमेर, हासिलो अनुहार र अति परिपक्कव ब्यवहार । यो परिचय हो भर्खरै का EU YOUTH SOUNDING BOARD NEPAL सदस्य बनेका मो. नइम राईनको । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वरका नईम अहिले वर्ष १९ का भएका छन् । उनी यति सानै उमेरमा सामाजिक सेवाका क्षेत्रमा राम्रो गरिरहेका छन् ।

सिरहा सदरमुकामस्थित चन्द्र नमूना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा हासिल गरेका उनी अहिले राजनीतिशास्त्रमा स्नाकोत्तर गरिरहेका छन् । सानै उमेरदेखि बाल अधिकारको क्षेत्रमा काम गर्न रुचाउने उनी विद्यालयस्तरमै हुँदा सम्रग जन उत्थान केन्द्र लहानका सहज परियोजनाबाट गठन गरिएका बाल क्लबका अध्यक्ष पनि थिए । सोही बेलादेखि उनी बाल अधिकारको क्षेत्रमा निकै सकृय भई अहिले विभिन्न संघ संस्थाहरुमा नेतृत्वकर्ताको भूमिकामा छन् ।

कक्षा १२ मा पढ्दै गर्दा राईने बुवा गुमाए । अहिले घरपरिवारको सम्पूर्ण जिम्मेवारी लिएर पनि राईन आफ्नो रुचाएको क्षेत्रमा राम्रो काम गरिरहेको छ । बाल क्लवदेखि नै आफ्नो करियर सुरु गरेको उनी विभिन्न समयमा मुस्लिम भएकै कारण विभेद भोग्नु परेका बताउछन् । उनीसँ यो घटना घटेका कारण पनि उनी अहिले छुवाछुत,बालबालिका र युवाहरुको हक, हित र अधिकारका लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरुमा पनि सदस्यता लिएको नईम २०७८ सालमा राष्ट्रिय युवा परिषद्ले गठन गरेको मधेस प्रदेश युवा संजालको कोषाध्यक्ष बने। । त्यसपश्चात उनी अहिले अध्यक्षका भूमिका छन् । २०७९ असार २० गते पुनः मधेस प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयले गरेको गठनमा उनी प्रदेश युवा संजालको अध्यउक्ष भए । अहिले संजाल खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत छ । नइमले भन्छ युवा संजालको काम गर्नमा मन्त्रालयको मन्त्री श्री प्रमोद जसवाल सरले साथ सहियोग र माया पनि गर्छ तेसै गरी मन्त्रालयको सचिव,युवा महाशाखा प्रमुख निशा कर्ण र मन्त्रालयको सम्पूर्ण team ले साथ सहियोग र माया पनि गर्छ भन्ने बतायो। तेस्सै गरी सनराइज युथ सिरहा संजालका नगर अध्यक्ष, राष्ट्रिय किशोर सञ्जालको प्रदेश सदस्यमा मनोनित भएको छु र उहाले अहिले सामाजिक रुपान्तरणको लागि युवा अभियान संचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?