हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।






