जनकपुरधाम,२८ साउन । जनपुरधामामा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज(सोमबार)२५ औँ अन्तराष्ट्रिय युवा दिवस मनाएका छन । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँचको अभिवृद्धि’ भन्ने नाराका साथ युवाहरूले विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय युवा मनाएका हुन ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयका अगुवाईमा धनुषाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु ,जिल्ला युवा सञ्जाल धनुषा, क्यापलट, माइती नेपाल, आफ्न्त नेपाल, इन्सेक नेपाल,मोनास्टिक कलेज,ओरेक नेपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले संयुक्त रुपमा २५ औँ अन्तराष्ट्रिय युवा दिवस मनाएका छ्न ।
आज विहान जनकपुरधामको रेल्वे स्टेसन देखी प्रभात फेरि र्याली निकाली जनक चौकमा आएर कोण सभा गरी कार्यक्रम समापन गरिएको थियो । प्रभात फेरी र्यालिमा विभिन्न्न संघसंस्थाका प्रतिनिधिहरु, मोनास्टिक कलेजका विद्यार्थीहरु,सरकारी कर्मचारी, नेपाल प्रहरी, सशत्र प्रहरी तथा समाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवाहरुले रक्तदान कार्यक्रम समेत गरेको हो । रक्तदानमा कार्यक्रममा लगभग दर्जनौं युवाहरूले रक्तदान गरेका छन । त्यस्तै युवाहरुले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत गरेको महत्त्वपूर्ण भूमिकालाई दर्शाउदै जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरी आज जनकपुरधाममा अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन ।






