२३ अर्ब ४३ करोडको कारोबार नेप्से ३४.२९ अंकले बढ्यो

२०८१ श्रावण ३०, बुधबार २१:५४

२०८१ साउन ३० बुधबार  काठमाडौं ।

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४ अंकले बढेको छ । बुधबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ ।  साताको चौथो कारोबार दिन नेप्से ३४.२९ अंकले बढेर परिसूचक २९५७.७५ विन्दुमा उक्लिएको हो ।

यस दिन २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।बजार बढ्दा लाइफ इन्स्योरेन्स ०.०८, माइक्रो फाइनान्स ०.७० र म्युचअल फन्ड ०.९० प्रतिशतले घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ । बजार बढ्दा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इन्गुवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?