सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

२०८१ श्रावण ३२, शुक्रबार ११:४१

साउन ३२, जनकपुरधाम। आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन्।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?