परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटवार्ता

२०८१ श्रावण ३२, शुक्रबार १४:५८

काठमाडौँ,३२ साउन । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्मा बिच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनले आजै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?