भाद्र १३, जनकपुरधाम । आज फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा १०० रुपैयाँले बढेर तोलामै डेढ लाख भन्दा बढी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार)का लागि सुनको भाउ १ लाख ५३ हजार २ सय रुपैयाँ तोकेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।






