एनसेललाई ब्याज तिर्नुपर्ने गरी किस्ताबन्दी सुविधा दिने सरकारको निर्णय

२०८१ भाद्र १४, शुक्रबार ११:५८

शुक्रवार १४ काठमान्डौ

एनसेलको अनुमती पत्र नवीकरणका लागि सरकारले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले एनसेलको मोबाइल सेवाको अनुमती पत्र तेस्रोपटक नवीकरण गर्न पाँच वर्षमा वार्षिक ४ अर्ब रुपैयाँ र ब्याजसमेत बुझाउनुपर्ने गरी किस्ता सुविधा दिने तय गरेको सकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।’

यसअघि पहिलो र दोस्रो पटक अनुमपतीपत्र नवीकरणका बेला पनि सरकारले एनसेललाई किस्ताबन्दीमा आवश्यक दस्तुर बुझाउने सुविधा दिएको थियो । तर यसअघि ब्याजको सर्त राखिएको थिएन ।

किस्ता सुविधलाई महालेखा परीक्षकको प्रतिवेदनले कानुनसम्मत नभएको र राजश्वमा पनि घाटा हुने ‌भन्दै यस्तो प्रवृत्तिमा सुधार गरी राजस्व असुल गर्न सुझाव दिएको थियो ।एनसेलको अनुमतीपत्र नवीकरणको अविधि भदौ १६ अर्थात् आउँदो आइतबार समाप्त हुँदै छ ।

यसअघि पूर्वाधार र सेवा विस्तारमा कठिनाइ होला भनेर तत्कालिन मन्त्रीपरिषद्ले किस्ता सुविधा दिए पनि यसपटक त्यस्तो नगर्ने अडान लिँदै आएका सञ्चारमन्त्री गुरुङ एनसेलजस्तो कम्पनी धरासायी बनाउने गरी निर्णय गर्न नहुने विचार राख्दै आएका थिए ।

एनसेलले दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुसार अनुमतीपत्रको अविधि सकिनुभन्दा तीन महिनाअघि गत जेठ १४ मै ४ अर्ब रूपैयाँ दस्तुरसहित नियामक नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिएको थियो । बाँकी रकम किस्तामा तिर्ने सुविधा उपलब्ध गराउन आग्रह गर्दै आएकोमा प्राधिकरणले भने कानुनले त्यस्तो अधिकार नदिएको जानकारी गराएको थियो । एनसेलको आग्रह र यसअघिका किस्ता सुविधाबारे जानकारी गराउँदै प्राधिकरणले केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो ।

किस्ता सुविधलाई महालेखा परीक्षकको प्रतिवेदनले कानुनसम्मत नभएको र राजश्वमा पनि घाटा हुने ‌भन्दै यस्तो प्रवृत्तिमा सुधार गरी राजस्व असुल गर्न सुझाव दिएको थियो ।एनसेलको अनुमतीपत्र नवीकरणको अविधि भदौ १६ अर्थात् आउँदो आइतबार समाप्त हुँदै

‘एनसेल आजिएटाको अनुमती पत्र नविकरणका लागि उसले बुझाउनुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने व्यवस्था गर्न र पहिलो किस्ताको केही लागेन, त्यसपछि १० प्रतिशतका दरले ब्याज तिर्नु पर्ने गरी नविकरण प्रक्रिया अघि बढाइने,’ सञ्चारमन्त्री गुरुङले भने, ‘यस कामका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?