गुलियो चिनीको तितो मुल्य,किलोमा २० रुपैयो महंगियो

२०८१ भाद्र १७, सोमबार १०:४२

जनकपुरधाम,१७ भदौं । चिनी प्रति किलो २० रुपैयाले महंगिएको छ । चिनी उत्पादक कम्पनीहरुले चिनीको मुल्य बोरामा ५ सय रुपैयाले बढाएपछि बजारमा चिनीको मुल्य महंगो भएको हो । उत्पाकहरुले प्रतिकिलो १० रुपैया बढाएको भएपनि व्यापारीहरुले त्यसमा थप १० रुपैया बढाएपछि चिनीको बजार मुल्य २० रुपैयाले बढेको हो । असर मसान्तमा १ लाख ८० हजार टन चिनी उत्पादक भएको थियो । सरकारको भनाई अनुसार नेपालमा बार्षिक ३ लाख टन चिनीको खपत हुने गरेको छ ।

महिनामा करिब २५ हजार चिनी खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । खपुग भएको चिनी बाहिरबाट आयात हुदै आएको छ । तर उपाभोक्ता संरक्षण बिभागले भने चिनीको मुल्य बढेको बारे जानकारी नरहेको बताएको छ । अहिले नेपाली बजारमा चिनीको मुल्य १ सय ४ रुपैयादेखि १ सय १२ रुपैया सम्म रहेको छ । नेपाली बजारमा चिनीको अभाव हुन नदिन तत्काल ५० हजार टन चिनी आयात गर्नु पर्ने देखिएको छ । चिनी आयात गर्दै आएको साल्ट ट्रेडिङले साउन १ गतेदेखि प्रतिकिलो चिनी १ सय ७ रुपैयामा बेचन थालेको छ ।

उपभोक्ताहरुले चिनी गुलियो रहेको भएपनि मुल्य तितो रहेको प्रतिक्रियाका दिएका छन् । सरकारी नियमनकारी निकायको उदासीका कारण उपभोक्ताहरु महंगिको मार खेप्न बाध्य रहेका छन् । चाडबाड शुरु हुनु अगावै यसरी चिनीको मुल्य बढेपछि नेपाली चाडपर्व शुरु हुदा के हुने हो ? भनेर अहिलेदेखि नै उपभोक्ता तथा अधिकारकर्मी चिन्नित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?