बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु

२०८१ भाद्र १७, सोमबार १३:३३

भाद्र १७, बाँके। बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ । बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर– ३ मा आइतवार चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन् ।

झाडापखालाबाट गेगल गाउँकी २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको वडाध्यक्ष अजय मिश्राले जानकारी दिएका हुन्। उपाध्यक्ष श्रीवास्तवले भनिन ‘गाउँमा झाडापखाला फैलिएपछि हिजो चार जनाको मृत्यु भयो र अझैं गाउँमा झाडापखालाबाट १२ जना बिरामीरहेका छन् ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए । के कारणले झाडापखाला फैलियो पुष्टि भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?