बालेनका समर्थकको ‘अनफलो’ अभियान: प्रधानमन्त्रीको फेसबुक पेजमा घट्यो फलोअर्स

२०८१ भाद्र १९, बुधबार ११:१८

बुधबार १९ काठमान्डौ

काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्।

मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए भने  बुधबार बिहान साढे नौ बजेसम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९९ हजारमा झरेको छ।अभियानको प्रभावस्वरुप एकदिनमै प्रधानमन्त्री ओलीलाई ६७ हजारले अनफलो गरेको पाइएको छ।

आफ्नो पोष्ट सामाजिक सञ्जालबाट हटेपछि बालेनले ‘पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो’ भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।

मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियभन चलाएका थिए। ओली समर्थकहरुले रिपोर्ट गरेका कारण बालेनको पोष्ट फेसबुकले डाउन गरेको दाबी बालेनका समर्थको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?