जनकपुरधाम,२० भदौ । धनुषामा बुधबार साँझ तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुब्दा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तको घरमा गएका बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।






