सर्लाही,२० भदौ। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै तराईका विभिन्न जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । माटोको भाडाकुडा किनमेल गर्न भारतिय सीमावर्ती बजारमा चलपहल बढेको छ ।
सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुरसंगै जोडिएका भारतिय बजार लालबन्दी,मुजेलिया र मलङ्गवासंग जोडिएको सोनवरसा बजारमा मान्छेहरू किनमेल गर्न भिडाभाड बढेको छ । त्यसतै महोत्तरीको विभिन्न नाकाहरु पनि किनमेल गर्नेहरुको उतिकै चाप बढेको देखिन्छ ।
तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । तराईको अधिकांस घरमा चौरचन मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् । यस वर्ष हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो । साथै बासले बनाएको सुपा, दाउराहरुको पनि व्यापार बढेको छ ।
स्थानीयहरुले चौरचनको १ महिना अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ । विगतमा २० देखि ३० रुपियाँमा पाइने ती माटाका भाडाहरु अहिले ८० देखि १०० रुपियाँसम्ममा र कुनै कुनै भाडो १ सय देखि २ सयसम्ममा बिक्रिवितरण भएको स्थानीयहरुले बताएका छन् । यसवर्ष सबभन्दा बढी महगोंमा माटोको भाडोको खरीदविक्रि भएको छ । चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् ।
उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।






