काठमाडौं,२१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते सम्म न्युयोर्कमा हुँदै छ ।






