सर्लाही,२३ भदौ । सर्लाहीमा एक पुरुष आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका छन । बरहथवा नगरपालिका- ४ कछरिया निवासी अन्दाजी ५० वर्षीय अछेलाल कुवर झुन्डिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
बरहथवा नगरपालिका वडा नं.१५ हरपुर्वा भन्दा लगभग ५० मिटर उत्तरपट्टीको दुरिमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा युवक शव फेला परेको छ । झुन्डिएको अवस्था स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले घटना स्थलमा पुगि मुचुल्का उठाइरहे छ । भने मृतक पुरुषको छोरा बिनोदका अनुसार ऊनी हिजो दिउँसो १ बजेदेखि सम्पर्कविहीन थिए । घटनाको बिस्तृत विवरण अझै आउन बाकी रहेको छ ।






