बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी

२०८१ भाद्र २७, बिहीबार ११:४४

भदौ २७ ,बिहीबार ,काठमान्डौ

प्रधानमन्त्री केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ।

बिहीबार बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

ओली र प्रचण्डबीच भेटवार्ता चलिरहँदा भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ। ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि देउवा पनि पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?