जनकपुरधाम,२९ भदौ । जिल्ला युवा सञ्जाल धनुषाले राष्ट्रिय बाल दिवसको अवसरमा जनकपुरधामको ज्ञानकुप स्थित सद्गुरु कबिर बाल आश्रममा रहेका बालबालिकाहरुलाई शैक्षिक,खेलकुद र खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
आश्रमका बालबालिकाहरुलाई कपि, कलम,खेलकुदका सामग्री लगायतका शैक्षिक तथा दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिएको सञ्जालका अध्यक्ष कुलदिप साहले जानकारी दिनुभयो । 
१३ जना बालबालिका रहेको आश्रममा पुगेर सहयोग गर्न पाउँदा आफुहरु खुशी रहेको र बिगतको दिनदेखि यस्ताखालका सहयोग गर्दै आएका र आउने दिनहरूमा पनि सहयोग गर्ने छौँ , सञ्जालका अध्यक्ष साहले बताउनु भयो । उहाँले बाल दिवसमा मात्र बालबालिकाको वृद्धि विकासका कुरा गर्ने मात्र नभई हरेक दिन बाल मानसिक्ताका आधारमा अध्यापनको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । 
६० औं राष्ट्रिय बाल दिवस सञ्जालले आश्रमका बालबालिकाहरु संग केक काटेर मनाएको हो । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ आज नेपाल भरिमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइदै छ । उक्त असरमा सञ्जालका सदस्यहरुको सहभागिता रहेको थियो ।






