बालेन लक्षित गर्दै कार्यकर्तालाई ओलीको निर्देशन

२०८१ भाद्र २९, शनिबार १६:१७

भदौ २९,शनिबार काठमान्डौ

 

शनिबार स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मेयर बालेनको नाम नलिइ ‘एउटा केटो’ भन्दै कटाक्ष गरे।

प्रधानमन्त्री ओली र नेकपा एमालेप्रति आक्रामक देखिँदै आएका बालेनप्रति कटाक्ष गर्दै ओलीले कार्यकर्ताहरूलाई मैदानमा उत्रन समेत आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित टिप्पणी गरेका छन्।

‘देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृत मार्‍यो भने, बोकेका बिरालाले मृग मार्‍यो भन्दै चलाइन्छ। त्यसकारण हामी भ्रमणबाट मुक्त हुनुपर्छ,’ ओलीले भने।

‘के आशा गरेका? आफ्नै पनि कमजोरी छ। त्यसलाई चलायो आफ्नै कमजोरी निकाल्दियो भने। बरु त्यसलाई चलाउँदै नचलाउनु ठिक छ। कमजोरी छरपस्ट पारिदियो भने बर्बाद। निक्लियो पर्‍यो नि मैदानमा, बोल्न पर्छ। आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ,’ ओलीले थपे।

प्रधानमन्त्री ओलीले आफ्ना एउटा कार्यकर्ताले एउटा भोट तानेमात्रै पनि ४६ लाख भोट हुने बताउँदै कसरी २६/२८ लाख मात्रै भोट आएको भनी प्रश्न गरे।

नपरी बोल्छ। त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन। त्यो सँग जनमत छ। नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भने।

साथै, उनले मैदानमा निक्लिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?