जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी ७२ मतले विजय

२०८१ भाद्र ३०, आईतवार १३:३२

जनकपुरधाम,३० भदौ ।  जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजय भएका छन् ।

केहीबेर अगाडि सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मनिष रमण साहले १ हजार ५७२ तथा जितेन्द्र प्रसाद साहले २९३ मत पाएका छन् ।

आफ्ना प्रतिद्धन्द्धी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?