भाद्र ३१, विश्वकर्मा पूजा । विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ। धनुषा, महोत्तरी लगायतका क्षेत्रहरुमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ।
विश्वकर्मा पूजाको मूर्ति बनाउने ठाउँमा मूर्तिकारहरु विश्वकर्मा बाबाका मूर्ति सजाउनमा व्यस्त देखिन्थे। विश्वकर्मा पूजा भोलि भएकोले अब मात्र एक दिन बाँकी भएकोले मूर्तिकारहरु मूर्ति सजाउनमा व्यस्त देखिन्छ।
प्रत्येक मूर्तिको आकारअनुसार ५ हजार देखि २० हजारसम्म पर्ने मूर्ति कारखानाको सञ्चालकहरुले जानकारी दिएका छन् । विभिन्न मेसिनरी सामान बनाउने र ग्यारेजहरूको लागि अर्डरअनुसार मूर्ति पनि तयार गरिएको छ।