१ लाख १५ हजार नक्कली नोटसहित एक जना पक्राउ

२०८१ भाद्र ३१, सोमबार १९:३१

काठमाडौं,३१ भदौं । ललितपुरबाट नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ८ सौगलमा रहेको डेराबाट रोक्कालाई नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । रोक्काको डेराबाट ११५ थान नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?