अध्यक्ष प्रचण्ड भनेका छन सरकारबाट हट्दा पनि हामी जिते जसरी हट्यौँ

२०८१ आश्विन ५, शनिबार १५:४७

असोज ५ शनिबार ,काठमान्डौ

शनिवार काठमाडौँमा माओवादी केन्द्रको सहिद प्रतिष्ठानको १५ औँ साधारण सभामा बोल्दै प्रचण्डले अहिले सरकारमा जानेहरू हारे जसरी गएको र कुनै काम गर्न नसकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने– ‘माओवादी साथीहरूलाई भन्न चाहन्छु, हामी ठाउँमा छौँ, अझै पनि बिग्रिसकेका छैनौँ । हामीले लड्ने ठाउँ, मञ्चहरू छन्, मोर्चाहरू छन्, तपाईँहरूले देख्नुभयो होला, हामी सरकारबाट हट्दा हारेजस्तो गरी हटेका छैनौँ, जितेजस्तो गरी हटेका छौँ ।

सरकारमा जानेहरू हारेजस्तो गरी गएका छन् । अहिले सरकारले जे कदम चालेको छ, ती सबै असफल भएका छन् । हामीले जे आवाज उठाएका छौँ, हामी सफल भएका छौँ ।’प्रचण्डले प्रतिनिधि सभामा कहिले धेरै सिट हुने कहिले थोरै हुने भए पनि हजारौँ सहिदहरूको तागत भएमा माओवादी कहिले पनि नघट्ने बताए । सहिद प्रतिष्ठान माओवादीको शक्ति रहेको बताउँदै जिल्ला जिल्लामा सहिद प्रतिष्ठान बनाउन बजेट व्यवस्था गर्न र व्यापक विस्तार गर्न पनि लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?