नेसनल एकेडमी कलेज

Sharda University

सर्लाहीमा सवारी साधनको ठक्करबाट १ महिलाको मृत्यु

२०८१ आश्विन १६, बुधबार १३:१४

सर्लाही,१६ असाेज । सर्लाहीकाे लालबन्दीमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका- ९ स्थित सडकमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ३० वर्षीया महिलाको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ठक्कर दिने सवारी साधनको खोजी सुरु गरिएको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?