कक्षा ११ मा अध्यनरत विद्यार्थी शर्मा प्रति श्रद्धाञ्जली

२०८१ आश्विन १६, बुधबार २२:१३

जनकपुरधाम,१६ असोज । जनकपुरधाम-१ का होनहार विद्यार्थी स्व. सुनिल कुमार शर्माको असामयिक निधन प्रति शोकाकुल परिवार,साथीहरू र शिक्षकले संयुक्त रूपमा शोक वक्तव्य गरेका छन् । आज साझ जनक चौकमा स्व.सुनिल कुमार शर्माको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छ्न।

वि.स.२०६३/०५/२६ मा जन्मिएको शर्मा सानै देखी लगनशील,मेहनती र अनुशासित थिए । उनी भविष्यमा एउटा सभ्य र सफल व्यक्ति बन्ने सबै गुणले भरिपुर्ण थिए । शर्मा मिथिला मोन्टेश्वरी स्कुलमा आफ्नो पठनपाठन गरेका थिए । उनी हालै भएको एसईई २०८१ को  परिक्षामा आफ्नो स्कुलमै ९९% रिजल्ट ल्याएर परिक्षा केन्द्रकै सबैभन्दा उत्कृष्ट विद्यार्थी भएको  थियो । शर्मा काठमाडौं स्थित कक्षा ११ मा अध्यनरत थिए । उनको अकालमै भएको निधनले समाजले एउटा सभ्य नागरिक, राष्ट्रले एउटा असल राष्ट्रवाद गुमाएको छ ।

शर्माको अचानक पेट दुख्न र श्वास लिन कठिनाइ भएपछि उनलाइ उपचारको लागि काठमाडौं स्थित मेडिसिटी अस्पताल काठमाडौं लगियो । उनलाई उपचारको क्रममा असोज ११ गते शुक्रबारको असामयिक निधन भएको उनकै जेठो दाइ अनिल कुमार शर्माले बताएका छन् । उनको निधनले शोकाकुल परिवार,समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।

मृतक शर्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दै  शोकाकुल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?