पुजा पासवान नेपाली काँग्रेसको शिक्षा विभाग सदस्यमा मनोनित

२०८१ आश्विन १७, बिहीबार ०७:१७

जनकपुरधाम,१७ असोज । मधेश प्रदेशमा लामो समयदेखि समाजिक क्षेत्रमा काम गर्दै गरेकी पुजा पासवान नेपाली काँग्रेसको शिक्षा विभाग सदस्यमा मनोनित भएकी छन । मधेश प्रदेशबाट एक मात्र महिला पासवान शिक्षा विभाग सदस्यमा मनोनित हुन सफल भएकी हुन ।

असोज ११ गते पार्टी सभापति शेरबहादुर देउवाले उनलाई पनि विभागको सदस्यमा मनोनयन गरेका हुन् । उनि समयदेखि समाजिक र शिक्षा क्षेत्रमा क्रियाशील छिन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (९)संशोधन सहित०को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?