नगराईन नगरपालिका वडा-६ लगमा (पछवारी टोल) मा बोैधी माई पूजाको शुभ कलश यात्रा मा भगत जनको जनसागर देखियो

२०८१ आश्विन १७, बिहीबार २१:००

वीरेन्द्र कुमार पासमान जनकपुरधाम, १७ असोज । धनुषाको नगराईन नगरपालिका ६ लगमा (पछवारी टोल) मा बोैधीमाई कलस यात्रामा सयौंको संख्यामा श्रद्धालुहरु सहभागी भएका छन् ।
वडा दशैमा दस दिनसम्म सो मन्दिरमा पूजापाठ गर्ने गरिन्छ । विहिवार घटस्थापनाका दिन मन्दिरमा पूजापाठका लागि भव्य रुपमा कलस यात्रा निकालिएको छ ।
बौधीमाई मेला समितिका अध्यक्ष हरि दासको नेतृत्वमा भएको कलस यात्रामा समितिका पूर्व अध्यक्ष चन्दर दास लगायत रामसुवेदी दास, मिन्ति देवी दास, महाजन दास, दिनेश दास, महावीर दास रामबाबू दास, राजकुमार दास, रामनन्दन दास, लक्ष्मण दास, मन्टुट देवी दास, बविता देवी दास सहित सयौं श्रद्धालुहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?