मुस्लिम किशोरीलाई यौनिकता सम्बन्धी एक दिने तालिम सम्पन्न

२०८१ आश्विन २३, बुधबार १९:४३

जनकपुरधाम,२३ असोज । जनकपुरधाममा यौनिक र मुस्लिम किशोरीलाई यौन प्रजनन स्वस्थ,नेपालाको संविधानमा यौनिकताको हक र नेपालको कानुन र यौनिकता सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । लुम नेपालको साझेदारीमा भएको कार्यक्रममा मुस्लिम समुदायको किशोरीहरुको सहभागिता थिए ।

नेपालमा १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था मानिन्छ । भनिन्छ । यो उमेर समुहका केटाकेटीहरुलाई किशोर-किशोरी भनिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ । यस्तो उमेरमा मन चञ्चल हुन्छ, छिनमा हास्न मन लाग्ने, छिनमा रुन मन लाग्ने, छिनमा रिस उठ्ने हुन्छ । कुनैपनि कुराको तुरुन्तै निर्णय गर्ने बानी हुन्छ । यस अवस्थाका किशोर-किशोरीहरूले लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ ।

किशोर-किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् । उनीहरुका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको समाजिक अभियान्ता फरिदा खातुनले बताइन् । साथै किशोरीहरुलाई यौनिकता सम्बन्धि नेपालको संविधान र नेपालको कानुनीको बारेमा समेत तालिम दिएको थियो ।

तालिमका अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिका वाड २० का वाड अध्यक्ष मोती राइनको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?