कलाकार चैत्य देवि सिंह ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित

२०८१ कार्तिक ४, आईतवार ११:३७

काठमाडौं,०४ कार्तिक । भर्सटाइल अभिनेत्री र फिल्म निर्देशिका चैत्य देवि सिंह  ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित भएकी छिन्।

उनि नेपालको पहिलो रंगीन चलचित्र “कुमारी” मा मुख्य भूमिका निर्वाह गरेर नेपाली चलचित्र उद्योगमा अग्रगामी बन्न सफल भएकोमा उनलाई वर्ल्ड बुक अफ रेकर्ड्सले सम्मानित गरिएको छ । उनले नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्ड्सले जनाएको छ।

‘यस्तो अन्तर्राष्ट्रिय पदकबाट सम्मानित हुनु भनेको प्रेरणादायक कुरा हो,’ उनले भनिन्, ‘ यसले अझै धेरै कलाकारहरू, निर्देशकहरू छन् जसले नेपाली फिल्म क्षेत्रमा काम गरिरहेका छन् । यस्ता कलाकारहरुलाई प्रोत्साहन पाउने अभिव्यक्ती उनले व्यक्त गरिन ।

लन्डनमा रहेको वर्ल्ड बुक अफ रेकर्ड्सले एसियातिर आफ्नो दायरा बढाउन खोजेको छ। जसका क्रममा नेपाली अभिनेत्रीहरूलाई सम्मानित गरेको हो। अब अन्य कलाकारलाई पनि सम्मानित गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?