नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप

२०८१ कार्तिक ५, सोमबार १०:३४

काठमाडौं,०५ कार्तिक। नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । यो संगै नेपालले अमेरिकालाई तीन वटै मैछ हराउँदै  टी-२० आई सिरिज क्लिनस्वीप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?