सर्लाहीमा ठुलो परिमाणको लागु औषधसहित चार जना पक्राउ

२०८१ कार्तिक ८, बिहीबार ११:१६

सर्लाही,०८ कार्तिक । सर्लाहीमा ठुलो परिमाणको अबैध लागु औषधसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जील्लाको बलरा नगरपालिका-३, का २७ बर्षिय मुनिल राम, सोहि ठाउँ निवासी सोनु यादव, जिल्लाकै बरहथवा नगरपालिका-७, का १९ बर्षिय अर्जुन साह र अर्का सोहि ठाउँका १६ बर्षिय एक युवक रहेका छन्। जसको नाम सर्लाही प्रहरीले खुलाएको छैन।

ईलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनीहरुलाई हिजो (बुधबार) बरहथवा नगरपालिका – ७, स्थित वरहथवा-हिरापुर सडक खण्डबाट पक्राउ गरिएको हो।

सोहि ठाउँमा उनीहरु सवार एमएच ४७ एभि नम्बरको मोटरसाईकल र बिआर ३० एच १३१४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध लागु औषध भेटिएपछि पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट अबैध लागु औषध नाईट्राभेट दश लेखिएको तीन हजार ट्यावलेट र Codiwell COUGH SYRUP लेखिएको १०० एम.एल.को १४० एक सय चालिस वोतल अबैध लागु औषध बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?