बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार घुससहित पक्राउ

२०८१ कार्तिक ८, बिहीबार १९:०५

जनकपुरधमा,०८ कार्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह घुस रकमसहित पक्राउ परेका छन्। साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो ७८ हजार नगदसहित नियन्त्रणमा लिएको छ।

साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकमको माग गरेका थिए। सोहि क्रममा उनलाई हेटौंडाबाट खटिएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका-४ बाट सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

साहलाई नियन्त्रणमा लिएको र अहिले हेटौंडा लैजाने तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?