रविले पनि सजाय खेप्नुपर्छ : प्रधानमन्त्री

२०८१ कार्तिक ९, शुक्रबार १९:०७

शुक्रबार  ९ कात्तिक, काठमाडौं

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।

नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । ‘रवि लामिछानेको नामै त लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको छ, रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, उनले भने ।

त्यसपछि सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा यो विषय समावेश गरिएको उनी बताउँछन् ।सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?