जनकपुरधाम,१७ कार्तिक । बलिउड फिल्म “Singham Again” ले नेपाललाई पनि आफ्नो कथामा समावेश गरेको छ। चर्चित निर्देशक रोहित शेट्टीको नयाँ चलचित्र “Singham Again” मा अभिनेता अजय देवगन, अक्षय कुमार,टाइगर स्राफ र रन्विर सिंहको फिल्ममा जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जानकी मन्दिरको चर्चा गरिएको छ। नेपाली र भारतीय संस्कृतिलाई अझ नजिक ल्याउने उद्देश्यले फिल्ममा जनकपुरधामको सौन्दर्य र पौराणिक महत्त्वलाई प्रस्तुत गरिएको छ।
जनकपुरधामस्थित जानकी मन्दिर, जसलाई सीताको जन्मस्थलका रूपमा मानिन्छ, नेपालमा मात्र नभएर भारतभरका हिन्दूहरूका लागि महत्त्वपूर्ण धार्मिक गन्तव्य हो। फिल्म “Singham Again” को कथानकमा यो मन्दिरको महत्त्व र यसले बोकेको सांस्कृतिक धरोहरको चर्चा देखाइएको छ, जसले विश्वभरका दर्शकहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
फिल्ममा जानकी मन्दिरको चर्चा हुनुले नेपालको धार्मिक पर्यटनमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। जानकी मन्दिर जस्तो महत्त्वपूर्ण सांस्कृतिक स्थललाई ठुलो पर्दामा स्थान दिइनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा मद्दत पुर्याउने विश्वास गरिएको छ। “Singham Again” को कथा मार्फत नेपाल–भारत सम्बन्धमा धार्मिक र सांस्कृतिक महत्त्वका पक्षहरूलाई दर्शकहरू समक्ष प्रस्तुत गर्न खोजिएको छ।
सांस्कृतिक धरोहरलाई पर्दामा प्रस्तुत गर्ने यो कदमले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।